नेपालमा औषधि अभावको जोखिम कति ? के–के हुन्छ नेपालमै उत्पादन ?

9.18K
shares

काठमाडौँ ।

विश्व नै कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणको डरले सन्त्रस्त भइरहेको छ । नेपाल पनि कोरोनाका कारण अत्यन्तै जोखिममा रहेको मूलुक हो यो सँगै बजारमा सिटामोल अभावको हल्ला फैलिएको छ ।

भारतले नेपालसहित अन्य देशमा २६ प्रकारका औषधिहरू निर्यातमा रोक लगाएको समाचारसँगै नेपालमा सिटामोल लगायतका अन्य अत्यावश्यक औषधिको आपूर्तिमा प्रभाव परेको हो ।
तर नेपाल औषधि लिमिटडले भने आफुसँग कच्चा पदार्थ स्टक रहेकाले सिटामोलसहित अन्य ५ प्रकारका औषधिहरू बजारमा अभाव नहुने दाबी गरिरहेको छ ।

नेपाल औषधि लिमिटेडले अहिले ५ प्रकारका औषधिको उत्पादन गरिरहेको छ जसमा सिटामोल, सिटाप्लस, जिवनजल, ग्लिसिरिन र डिस्टिल वाटर रहेका छन् ।

नेपालसँग ५ टनभन्दा धेरै अहिले पनि कच्चा पदार्थ स्टक अवस्थामा रहेको केही महिनासम्म औषधीको अभाव नहुनेऔषधी लिमिटेडले जनाएको छ ।

अर्यालका अनुसार लिमिटेडमा रहेको कच्चापदार्थबाट अहिले बजारमा रहेको सिटामोलको २५ प्रतिशत उत्पादन गर्न सकिन्छ ।केही वर्षदेखि उत्पादन बन्द रहेको लिमिटेडलाई दुई वर्षअगाडि नविन्द्रराज जोशी उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री हुँदा पुनः सञ्चालन गर्ने निर्णय गरिएको थियो । त्यतिबेला सरकारले सरकारले लिमिटेडलाई १४ करोड ६५ लाख उपलब्ध गराएको थियो ।

अहिले लिमिटेडले मृगौलाको डायलासिस गर्न आवश्यक पर्ने हेमोडाइलासिस वाटर उत्पादनको तयारी अगाडि बढाएको छ ।

अर्यालका अनुसार गत आर्थिक वर्षमा लिमिटेडले ६० लाख बराबरको औषधि बिक्री गरेको थियो भने यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083