कैलालीमा एक जनामा कोरोना ‘पोजेटिभ’ देखियो

10.34K
shares

मुक्तिखबर,कैलाली।

चैत १० गते भारतबाट फर्किएका कैलालीका एक जनामा कोरोना परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका–३ का १९ वर्षीय एक युवामा मंगलबार कोरोनाको आशंकामा आरडीटी जाँच गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

उनको आरडीटी टेष्ट २ पटक गर्दा पनि पोजेटिभ नै आएको जनाईएको छ ।उनको स्वाव संकलन गरी पीसीआर जाँचका लागि मंगलबार बेलुका नै धनगढी पठाइएको बताईएको छ ।

बर्दगोरी गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुका अनुसार नेपाल फर्किएदेखि नै उनी होम क्वारेन्टाईनमा रहेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083