सिडिओले दबाब थेग्न नसकेपछि सुलभ अग्रवालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

6.81K
shares

काठमाडौँ ।

ज्वरो नाप्न प्रयोग हुने थर्मल गनको कालो बजारीमा संलग्न जगदम्बा ग्रुपका मासञ्चालक सुलभ अग्रवाल विरुद्ध जिल्ला अदातल काठमाडौँमा मुद्दा दर्ता भएको ।जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको मुद्धामा बुधवार अदालतमा थुनछेक बहस पैरवी हुने बताईएको छ ।

उनलाई पन्ध्र लाख जरिवाना सहित साढे एक बर्ष कैद सजायको माग गरिएको छ । उनी पक्राउ परेदेखि नै बिभिन्न ठाउबाट निक्कै दबाव दिन थालिएको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  दबाब थेग्न नसकेपछि मंगलबार भने जिल्ला अदालतमा मुद्धा दर्ता भएका हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनपटक गरेर २२ दिनसम्म उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अवधिको मंगलवार अन्तिम दिन रहेको थियो ।

उनलाई लकडाउनकै समयमा ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा गत चैत २५ गते नक्सालबाट पक्राउ गरिएको थियो । प्रहरीले उनीलाई ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ गरेको थियो । प्रहरीका अनुसार अग्रवालले चीनबाट ज्वरो नाप्ने थर्मल गन ल्याएर महँगोमा विक्री गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083