विकास आयोजनाको निर्माणका लागि ढुवानी पास दिने

6.03K
shares

बनेपा ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाभित्र निर्माणाधीन र निर्माणको चरणमा रहेका महत्वपूर्ण आयोजनाको निर्माण कार्यका लागि ढुवानी गर्न टिपरलाई पास दिने भएको छ ।

तीन वटै तहका सरकारबाट सञ्चालित महत्वपूर्ण आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन ढुवानी गर्ने टिपरलगायत अन्य सवारी साधनलाई पासको व्यवस्था गर्ने निर्णय भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार सो कार्यका लागि जिल्लाभित्र निर्माण सामग्री ढ्ुवानी गर्ने टिपरलगायत अन्य सवारी साधनलाई सम्बन्धित स्थानीय तहले सवारी पास जारी गर्ने र जिल्ला बाहिर ढुवानी गर्ने ढुवानी साधनलाई सम्बन्धित आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

“त्यसरी पास दिँदा बन्दाबन्दीको उल्लङ्घन नहुने गरी सामाजिक दूरी कायम गरेर गर्न व्यवस्था मिलाउने विषयमा ध्यान दिन सबैलाई आग्रह गरिएको छ”, प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भन्नुभयो, “पास दिँदा व्यापारका लागि प्रयोग नहुने गरी गर्न सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।”


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083