एम्बुलेन्समा काठमाडौं ल्याईएका बिरामी अस्पताल नगएर कोठा जान्छन्, रोक्नुपर्‍यो : प्रकाशमान सिंह

7.81K
shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एम्बुलेन्सबाट काठमाडौं भित्रिएका बिरामी अस्पताल नगएर सिधै कोठामा जाने क्रम बढेको बताएका छन्।

अस्पताल जाने भनेर जिल्लाबाट आएका बिरामीहरू अस्पताल नगई कोठा जाँदा कोरोनाको जोखिम बढ्ने पनि सिंहले बताए।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद सिंहले भने, ‘एम्बुलेन्सबाट आएका बिरामी अस्पताल नलगी कोठामा लैजाने क्रम बढेको छ। जनघनत्व बढी भएको काठमाडौंमा यस्तो गर्नु अत्यन्त्र संवदेनशील छ। यसलाई गम्भीर्यताका साथ हेरेर सम्बन्धित निकायले रोक्न पहल गर्नुपर्यो।’

उनले राहत वितरणमा सरकारले प्रभावकारी कदम चाल्न नसक्दा दैनिक मजदूरी गरी खानेहरू समस्यामा परेको बताए।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी हुन नसकेकोले प्रश्न उठेको पनि सिंहले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083