रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास जाँदै
वि.सं.२०७७ जेठ २८ बुधवार १०:५९
shares

काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधमण्डलले बुधबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने भएको छ जेठ २६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने
पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल बुधबार बिहान विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार जाने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जसमा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, सहमहामन्त्री डा. प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र नेता रमेश लेखकसहतिका नेताले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने भएका छन्





























