२४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने बालेनको घोषणा
वि.सं.२०८० वैशाख ३० शनिवार १२:०१
4.17K
shares
shares

काठमाडौँ । महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् ।
उनले भनेका छन्– ‘काठमाडौँ भरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’




















