प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम
वि.सं.२०८० चैत १४ बुधवार १६:३९
4.88K
shares
shares

ललितपुर । जिल्ला प्रहरी कार्यालय ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं.५४७६ २०८०।१२।०७ गतेको पत्रले प्रहरी वृत्त किर्तिपुर काठमाण्डौंमा सरुवा भएका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साह, जिल्ला प्रहरी कार्यालय झापा सरुवा भएका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्द र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायव उपरीक्षक उमेश जोशी सरुवा भएका हुन् ।

कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालद्वारा मायाको चिनो प्रदान गर्नुका साथै आगामी कार्यकाल सफलताको शुभकामना सहित बिदाई गर्नु भएकाे थियाे ।
















