प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्वारा (NPA Project) को निरीक्षण तथा अनुगमन

4.93K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले स्थलगत अनुगमन तथा निर्माण कार्यको निरीक्षण गर्नु भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर -६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरुको  स्थलगत अनुगमन तथा निर्माण कार्यको निरीक्षण कार्यक्रम सम्पन्न गर्नु भएको हाे ।

साथै उक्त कार्यक्रममा ने.प्र.प्र.का.भौतिक पूर्वाधार निर्देशनालयका प्र.ना.म.नि. ई. फणिन्द्र बराल, रा.प्र.प्र.प्र.महाराजगञ्जका सह-निर्देशक प्र.ब.उ. वेल बहादुर पाण्डे, परामर्शदाता भारतीय (CPWD) को तर्फबाट Engineer Mr. Rajesh Kumar, Mr. Ahijit Roy, Mr. Kamal Prasad Singh, Mr. Sukhbir Singh, Mr. Ajay Kumar र निर्माण व्यवसायी ACIL-RCPL JV (Contractor) को तर्फबाट Mr. Arvind Kumar Jha, (Director), Mr. Ajay Thakur (Project Head) लगायत आयोजनासंग सम्बन्धित अन्य पदाधिकारीले प्र.अ.म.नि.  समक्ष निर्माण कार्यको प्रगती सम्बन्धि प्रस्तुतिकरण तथा निर्माण कार्यको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।

कार्यकारी निर्देशकले निर्माण कार्यसंग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायका पदाधिकारीलाई उक्त  आयोजनालाई तोकिएको समय भित्र सम्पन्न गर्नहुन भनी अनुरोध गर्नुका साथै आवश्यक सहजीकरणका लागी राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान सधै सकारात्मक रहेको समेत बताउनु भएकाे थियाे।