प्रहरी प्रशासन र ट्राफिक व्यवस्थापनको भूमिका विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असोज २२ मंगलवार २२:१९
shares

भक्तपुर । काठमाण्डौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा “अन्तर्क्रिया कार्यक्रम सम्पन्न ’’ सम्पन्न भएको छ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा भक्तपुरको व्यासीमा व्यवसायिक वातावरणका लागि प्रहरी प्रशासन र ट्राफिक व्यवस्थापनको भूमिका विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हाे
।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैया धौवन्जाको सभापतित्व भएको उक्त कार्यक्रममा भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै काठमाण्डौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरणका लागि व्यवस्थित सडक, अनुशासित सवारी चालक र सवारी साधनको अवस्था ठिक हुनु जरुरी रहेको र शान्ति सुरक्षाका लागि हरेक नागरिकको महत्त्वपूर्ण भूमिका हुनु पर्नेमा जोड दिनु भएको थियो ।
व्यवसायमैत्री वातावरणको लागि सवै तत्पर हुनु पर्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।
काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बोहराले ट्राफिक व्यवस्थापनको साथै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सडक प्रयोगकर्ताको अतिरिक्त अभिभावकको समेत ठूलो भूमिका रहेको बताउनु भएकाे थियाे ।






























