एसएसपी भूपेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

4.38K
shares

काठमाडौ । नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१०/०६ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “सुरक्षा (प्र.ज. देखि प्र.व.ह.) तालिम” आठौँ समूहको शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको हाे।

उक्त अवसरमा प्रमुख अतिथि एसएसपी भूपेन्द्र खत्रीले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक रेशमलाल पौडेलज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083