पाटनको स्ववियु नेतृत्व भ्रष्टाचारमा फसेको आरोप लगाउदै स्ववियु सदस्य कोमल माया लामाले मागिन स्ववियुको आर्थिक प्रतिबेदन

Nepal Life Insurance Long Ad

काठमाडौ । पाटनको स्ववियु नेतृत्व भ्रष्टाचारमा फसेको आरोप लगाउदै स्ववियु सदस्य कोमल माया लामाले स्ववियुको आर्थिक प्रतिबेदन मागेकी छिन् ।

यसै सन्दर्भलाई लिएर आज पाटन संयुक्त क्याम्पसकी स्ववियु सदस्य कोमल माया लामाले एक विज्ञप्ति जारी गर्दै स्ववियुको आर्थिक प्रतिबेदन मागेकी हुन् ।

(विज्ञप्तिसहित)

ललितपुर स्थित पाटनढोकामा रहेको पाटन संयुक्त क्याम्पस , त्रिभुवन बिश्वबिद्धालय अन्तर्गतको निकै महत्त्वपूर्ण आंगिक क्याम्पस हो । उक्त क्याम्पसमा स्नातक तहमा बिज्ञान , मानविकी , ब्यबस्थापन ३ संकायमा सरकारी र आन्तरिक विविध शैक्षिक कार्यक्रम संचालित रहेकाे छ।

पाटन संयुक्त क्याम्पसमा १०,००० भन्दा माथी विद्यार्थीहरु अध्यन गर्दै आई रहेका छन् ।

पछिल्लो समय विद्यार्थीको भर्ना तथा खेलकुद लगाएत अतिरिक्त क्रियाकलाप स्ववियुले हस्तक्षेप गरि आर्थिक अनियमितता गर्ने गरेको , क्याम्पस भित्र व्यापक भ्रष्टाचार मौलाएको भन्ने आरोपहरूले उक्त क्याम्पसको गरिमा माथी प्रश्न उठ्न थालेको छ ।

 

९ फागुन २०८१, शुक्रवार १६:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु