सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा एसएसपी प्रकाश मल्ललाई स्वागत

4.73K
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले काज/सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ललाई स्वागत गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय, नक्साल दरबन्दी भएका मल्ललाई  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा काज/सरुवा भएको हाे ।

प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ललाई   कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक नवराज कार्की लगायत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।

एसएसपी प्रकाश मल्लले परिचयात्मक कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भयो ।

उक्त कार्यक्रममा कार्यालयका प्रहरी उपरीक्षक नवराज कार्की सहित सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083