दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना तथा स्टिकर लोकापर्ण कार्यक्रम सम्पन्न
वि.सं.२०८१ फागुन ११ आइतवार १७:२०
shares

बिराटनगर । दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना तथा स्टिकर लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ।
बिराटनगर महानगरपालीका ११ स्थित बसपार्कमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले “दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना जागरण अभियान अन्तर्गत स्टिकर लोकापर्ण कार्यक्रमको शुभारम्भ भएको हाे ।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङका जिल्लाका अध्यक्ष, उत्तम बन्जराको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै प्रमुख अतिथि अधिकारीले सवारी दुर्घटनाको त्रिबर्षिय तथ्याङ्क हेर्दा मानबिय कारणबाट धेरै सवारी दुर्घटना हुने गरेकाले हामिले दुर्घटना न्यूनीकरण गर्नका लागी घर -घरबाट सावारी दुर्घना न्यूनीकरण अभियान संचालन गरी सचेत हुन जरुरी रहेको बताउनु भयो साथै यात्रुबहाक सवारी साधनहरुमा ट्राफिक नियम सम्बन्धी स्टिकर समेत टाँस गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेशका अध्यक्ष गौरी लामा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरिया,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाती, संचारकर्मीहरु, बिभिन्न सघं संगठनका प्रतिनिधिहरु यातायात व्यवसायी, चालक लगायतको उपस्थिती रहेको थियो ।
































