“नेपालकै प्राकृतिक स्रोत साधनको सदुपयोग गरी देश विकास गर्नुपर्छ”- मन्त्री न्यौपाने

5.86K
shares

रुपन्देही। नेपालको प्राकृतिक श्रोत र साधनको सदुपयोग गरी देशको विकास गर्नुपर्ने लुम्बिनी प्रदेशका उद्योग वाणिज्य, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको १२ औं साधारण सभा  कार्यक्रममा बोल्दै मन्त्री न्यौपाने उक्त कुरा बताएका हुन् । उनले क्रसर व्यवसायीहरुलाई एकजुट भई सरकार सँग समन्वय गर्न आग्रह समेत गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले क्रसर व्यवसायीहरुको समस्या र चुनौतीबारे जानकारी  दिए ।

न्यौपानेले, स्थानीय तहले प्रत्यक खनीजमा ठेक्का सम्झौता गर्नुपर्ने र अन्य मुलुकहरु जस्तै नेपालले पनि आफ्‌नो श्रोत तथा साधनलाई देश विकासमा जोड्दिनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख  उमाकान्त चपाईले रुपन्देही जिल्ला अन्य जिल्लाहरुको तुलनामा संवेदनशील  भएको कारणले गर्दा यहाँका क्रसर व्यवसायीहरु व्यवसायी हक हितको लागि एक जुट हुनुपर्ने कुरामा जोड दिए ।

भने सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खानले छिमेकी मुलुकहरु जस्तै आफ्‌नो खानी र शक्तिको पहिचान गरी आत्मनिर्भर हुनुपर्ने कुरा प्रष्ट पारे । कार्यक्रममा सहयोगी संस्थाहरुलाई सम्मान पत्र तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरीएको थियो ।  कार्यक्रममा वर्तमान समयमा क्रसर व्यवसायी, सरकारी तथा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083