प्रतिकुलता बिचको श्रम

585
shares

कपिलवस्तु। तराई मधेशको बाक्लो हुस्सु, असार साउन थोपा थोपा जसरी परिरहने सिमसिमे पानीको जस्तो बिहानको चिसो समय । यो समयमा सम्भवत : धेरै मानिसलाई तातो अछ्यानबाट बाहिर ननिस्कीएर, बाक्लो लुगा लगाएर आनन्दले बसौ भनेर सहजै दिन कट्ला, आज आर्थिक आय हुने काम नगरौ भोली गरौ भनेर पनि पुग्ला तर कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका वडा नं ३ महतिनिया निवासी रुक्साना खातुनको कथा भने बेग्लै छ। ५ वर्ष अघि सम्म रुक्साना गृहणीको रुपमा रहेकी थिइन् ।

उनका श्रीमान् मिस्त्रीको काम गर्थे । त्यही काम गर्ने क्रममा उनका श्रीमान् छतको माथिल्लो तल्लाबाट खसेर खुट्टा भाचिँयो । त्यसपछि ५ जना सन्तान र अपांग श्रीमान् सहित घरको सबै जिम्मा उनको काधमा आइपुगेको छ । शिरमा एउटा सल, कम्मरमा अर्को, चुरा लागेका हातले बेल्चा समाउदै, गिट्टी, बालुवा, सिमेन्टी बोक्नु उनको विगत ५ वर्ष देखिको दैनिकी बनेको छ । दैनिक ६०० रुपैया मजदुरी गरेर कमाउँछु, मैले कमाइन भने सबै परिवार भोक्कै हुन्छन् । यो चिसो मौसममा कठ्याईरिदै गरेको उनको शरीर, सिमेन्ट र बालुवाको मिश्रणमा लागीरहेका उनको हात, हेर्दै उनी भन्छिन्,“श्रीमान्‌को खुट्टा मात्र भाचिएन् घरको मुल खम्बा ढले जस्तो भयो, मैले उहाँ तन्दुरुस्त हुनु भन्दा अघि सम्म यसरी बाहिर काम गर्न कहिल्यै गएकी थिइन् तर बाध्यता आएपछि न जाडो र न गर्मी न पानी न हुरी, एकदिन काम गरीन भने परिवार चल्दैन, मौसमले गरीबलाई फरक पर्दैन । उनले यी शब्द भनीरहँदा उनका आँखा मलिन थिए, ओठ कापिरहेको थियो ।

त्यस्तै फुल्वापुरका ४२ वर्षीय अकरम नाउको जवानी मजदुरी गरेरै बित्यो । नाउको परिवारमा अहिले ४ जना छन् । दुईटी छोरी उ र उनकी श्रीमती । नाउले ११ वर्षको उमेर देखि मजदुरी गर्न थाले । घरमा पारिवारीक स्थिती दयनिय थियो नकमाए खान पुग्दैन्थ्यो । उनलाई पढ्ने धेरै इच्छा थियो तर बाध्यताको अघि उनका सबै इच्छाहरु बिलीन भए । उनलाई कलब समाउन मन्थ्यो तर पस्थिीतीले हातमा बेल्चा थमाइदियो । उनलाई तपाईको जिवनको कस्तो छ भनेर सोध्दा उनले कुकुर जस्तो भनेर जवाफ दिए । उनले भने,“ दैनिक ७०० रुपैया ज्याला दारी गरेर कमाउँछु, जुनदिन काम गर्न आउँन सक्दिन त्यो दिनको पैसा पाइदैन् । जाडोमा काम्दै काम गर्ने हो गर्मीमा पसिना चुहाउँदै, शरीर, हात सबै कजोर हुदैछ । थाहा छैन मलाई केही भयो भने मेरो परिवारको गुजारा कसरी हुन्छ । मलाई सबै भन्दा धेरै इच्छा छोरीलाई पढाउने थियो, तर घर खान पुग्दैन उनीहरुको विवाह पनि त गरीदिनुपर्यो त्यही भएर काम पाए र शरीरले सक्यो भने त २४ घण्टा काम गर्थे होला उनले भने ।

शुद्धोधन ३ निवासी ३३ वर्षीया सज्जुरीन निशाको जिवन पनि संघर्षमय रहेको छ । निशाका श्रीमान्‌लाई १० वर्ष अघि प्यारालाइसिसले थला पार्यो । अहिले उनी अपांग भएका छन् । अपांग श्रीमान् र परिवारको जिम्मेवारी पुरा गर्नको लागि भएपनि उनले घर बाहिर निस्किीएर आयआर्जनमा जोडिनुपर्ने परिस्थिती श्रीजना भयो । विगतमा उनले कहिल्यै पनि घर बाहिर काम गर्नुपरको थिएन् । उनी भन्छिन्,“समाजले पहिले काम गर्न जान्छु भन्दा फरक दृष्टिकोण राखेर हेर्थे अहिले तिनै मान्छेहरुले काम गर्दा सबैले उदाहरण दिन्छ निशा जस्तो बन्नुपर्छ भन्छन् । अहिलृ घर नजिकैको निर्माणाधीन अस्पतालमा काम गर्दैछु, मजदुरी गरेको दिन ६०० रुपैया पाउँछु नगरेको दिन पाउँदिन् । यसरी नै चलेको छ, वर्षमा सबै मौसम सँगै मजदुरी गरेर । शुद्धोधन कमलेश शरण चौधरीले पालिका मातहत रहेका सम्पूर्ण श्रमीकहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सरह काम गर्ने गरेको तर कहि कतै पनि न्यूनतम पारिश्रमि भन्दा कममा काम गराएको भएका त्यस्ता संस्थालाई कारवाही गरीने बताए ।

उनले भने,“ हाम्रो पालिकामा रोजगार विभाग सक्रिय नभएको भएता पनि हामीले स्थानीय तह भित्र न्यूनतम पारिश्रमीक र ज्यालादारीको विषयमा गम्भिर भएर अनुगमन समेत गर्ने गरेको छौ, तर कहि कतै श्रमीकहरुलाई आराम गर्ने समय नतोकिएको, तोकिएको ज्यालदारी भन्दा कम ज्याला दिएको खण्डमा कारवाहीको भागेदार समेत बन्ने बताए । पछिल्लो समय तराई मधेशमा मौसमको प्रतिकुलतका कारण धेरैको जनजिवन प्रभावित हुने गरेको छ । त्यस्मा पनि गरीब तथा श्रमीकहरुको जिवन झन् झन् कष्टकर हुने गरेको छ ।

नेपालको संविधानले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ताको प्रत्याभूति गराएको भएता पनि गरिब विपन्न तथा श्रमीकहरुले आयआर्जनमा कमी, भएको कारणले गर्दा उनीहरु सधै पिध्मा बाच्न बाध्य भएका छन् । मनोवैज्ञापनिक रुपले हेर्दा पनि रुक्साना खातुन, सज्जुरीन निशा, अकरम नाउ जस्ता लाखौ श्रमीकहरु यसरी आफ्‌नो घरपरिवार चलाउनको लागि दिनरात नभनी मिहेनत गरीरहेका छन् । उनीहरुले परिवारको महत्व र आफ्‌ना बाध्यताहरुलाई सहजै स्वीकर गरेर संघर्षरत छन् ।

श्रमिकहरु क्रमशः रुक्साना खातुन, अकरम नाउ, सज्जुरीन निशा।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083