चिलिमेमा फसेकाको खोजी गर्न एक्साभेटर लैजाने तयारी
वि.सं.२०८३ भदौ २० शनिवार २०:५४
shares

२० भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशी बाढीपछि फसेको आशंका गरिएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ । नेपाली र भारतीय उद्धार टोलीले आयोजनाको भग्नावशेष हटाउँदै सुरुङसम्म पुग्ने प्रयास गरिरहेका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार पानी र माटो हटाउँदै टोली सुरुङको छत नजिक पुगेको छ ।
भग्नावशेष हटाएर बाटो खुलाउन सके भारी मेसिनरी सुरुङभित्रसम्म लैजान सकिने उनले बताएका छन् । साथै स्याफ्रुबेसीबाट सुरुङको पोर्टलसम्म पहुँच मार्ग निर्माणको काम पनि भइरहेको छ ।
अप्ठ्यारो भूगोल र साँघुरो उपत्यकाका कारण ठूला हेलिकप्टर प्रयोग गर्न नसकिएको राजदूत श्रीवास्तवले बताएका छन् । पहुँच मार्ग निर्माण भएपछि एक्साभेटर घटनास्थलसम्म पुर्याउन सकिने र त्यसले उद्धार कार्यलाई सहज बनाउने उनको भनाइ छ।



















