नेपाल विद्यार्थी संघ आफ्नै नेतृत्व विरुद्धको आन्दोलनमा

8.72K
shares

काठमाडौं । अध्यक्ष नैनसिंह महरले संगठन विधान विपरीत सञ्चालन गरेको भन्दै उपाध्यक्ष नवीन राई, उर्मिला थपलिया, खड्गबहादुर डाँगी, प्रकाश राना र सागर परियारले असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघले  आफ्नै नेतृत्वको विरुद्धको आन्दोलन गरेको छ । असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकबिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै निर्णय खारेज गर्न माग गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी असन्तुष्ट पक्षले विधान विपरीत विश्वविद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको हो।

पत्रकार सम्मेलनमा नेविसंघका नेता मनोजमणि आचार्यले नेविसंघजस्तो ऐतिहासिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाएको भन्दै उक्त कदम आफूलाई मान्य नहुने बताए हो । नेविसंघकी उपाध्यक्ष उर्मिला थपलियाले महाधिवेशन सुनिश्चितताका लागि तत्काल विधान सम्मेलन राखी मिति तोक्नुपर्ने बताइन्।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083