दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

Nepal Life Insurance Long Ad

धरान। कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने भएको छ । आजको बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु लाजेहाङको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।

२४ चैत २०७९, शुक्रवार ११:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु