महानगरपालिकाको टोली डोजरसहित तीनकुने, सडकमा टायर बालेर विरोध

5.54K
shares

काठमाडौं ।  काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनार बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो सडकमा टयर छेकेका छन्।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन् । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

तर महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । महानगर प्रहरीले नदी किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकोमा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083