कोरोना संक्रमणको आशंकामा अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण

5.29K
shares

मुक्तिखबर,काठमाडौँ ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षण गरिएको छ। उनलाई रुघाखोकी लगेपछि ह्वाइटवाउसका डाक्टरले कोरोना भाइरसको परीक्षण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो। ह्वाइटवाउसका डाक्टरहरुले ट्रम्पलाई आराम गर्न सुझाएका छन्। उनी अहिले आराम गरिररहेका छन्। ह्वाइटहाउसका डाक्टरहरुले उनलाई निगरामीमा राखेको बताइएको छ। राष्ट्रपति ट्रम्पले शनिबारमात्रै अमेरिकालाई संकटकाल घोषणा गरेका थिए।

यसअघि ट्रम्पलाई भेटेको भोलिपल्ट ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सञ्चार निर्देशक फावियो वाज्न्गार्टेनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो। उक्त भेटमा उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए।

फावियो ब्राजिली राष्ट्रपति बोल्सोनारोको तीन दिने अमेरिका यात्रामा साथमा थिए। राष्ट्रपति ट्रम्पले आयोजना गरेको एक कार्यक्रममा फावियो पनि सहभागी थिए, जहाँ उनले ट्रम्पसँग तस्विर खिचाएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083