प्रधानमन्त्रीले भावी प्रधानमन्त्री घोषणा गर्ने बन्दोबस्त संविधानमा कहाँ छ?: सांसद बडु

5.51K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले संसदमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुपर्ने बताएका छन्।

चालु अधिवेशनको सुरूदेखि नै प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै सांसद बडुले के काममा व्यस्त हो सदनमा जानकारी दिनुपर्ने बताए।

‘प्रधानमन्त्रीजी चालु अधिवेशनको सुरू दिनदेखि नै संसदमा देखिनुभएको छैन,’ मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडुले भने, ‘मिडियाबाट जानकारी भएअनुसार उहाँले आफ्नो उत्तराधिकारीका रूपमा भावी प्रधानमन्त्री घोषणा गरेको पनि सुनियो। आफ्नो उत्तराधिकारी आफैंले तोक्नुपर्ने यो कुन संविधानको बन्दोबस्त हो, वर्तमान संविधानमा देखिएन।’

उनले प्रधानमन्त्री के कारणले संसद उपस्थित हुन नसकेको भन्ने जानकारी गराउनुपर्ने बताए।‘उहाँ के काममा व्यस्त हो? संसदमा जानकारी गराउनुपर्छ, संसद जान्न चाहन्छ,’ सांसद बडुले भने।केही समयअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भावी प्रधानमन्त्रीका रूपमा नेकपा उपाध्यक्ष वामदेव गौतमको नाम प्रस्ताव गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083