चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष सिटौलाको निधन
वि.सं.२०८२ माघ १८ आइतवार १३:५६
2.33K
shares
shares

१८ माघ, काठमाडौं। चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा वरिष्ठ चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
काठमाडौंस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको आज दिउँसो १२:४५ बजे उपचारका क्रममा निधन भएको हो।
सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय सिटौलाले चलचित्र पत्रकार संघ नेपालमा विभिन्न जिम्मेवारी सम्हाल्दै संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएका थिए।































