आईजी कुँवर स्वेदश फिर्ता

Nepal Life Insurance Long Ad

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर स्वदेश फिर्ता भएका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा ११ वैशाखदेखि १३ सम्म सञ्चालन भएको ‘१९औं हेड अफ एनसीबी कन्फरेन्स’ मा सहभागी कुँवर बुधबार स्वदेश फिर्ता भएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकह? लगायत वरिष्ठ प्रहरी अधिकृतह?ले स्वागत गरेका थिए ।

कन्फरेन्समा मुख्यगरी अन्तराष्ट्रिय संगठित अपराधका बारेमा छलफल भएको थियो । अन्तराष्ट्रियस्तमा हुने अपराध नियन्त्रणमा इन्टरपोलका १९६ वटै सदस्य राष्ट्रहरुका एनसीबी प्रमुखह? र इन्टरपोल महासचिव तथा पदाधिकारीबीच छलफल भएको थियो ।

एनसीबी नेपालका प्रमुख रहेका कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको अभिवृद्धी एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गरेका थिए ।

१९ वैशाख २०८१, बुधवार १२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु