जिल्ला प्रहरी कार्यालय कास्कीकाे आयोजनामा लागू औषध नियन्त्रण महाअभियान शुभारम्भ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीकाे आयोजनामा लागू औषध नियन्त्रण महाअभियान शुभारम्भ भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा लागू औषध नियन्त्रण महाअभियान २०८१/०८२ शुभारम्भ कार्यक्रम सम्पन्न भएको हाे ।
कास्की जिल्लामा लागू औषध दुर्व्यसनलाई नियन्त्रण गर्न, लागू औषधीको कारोवार तथा विक्रिवितरण, ओसार पसारलाई नियन्त्रण गर्न र समाजमा सचेतना मूलक विभिन्न कार्यक्रमहरु गरी जनचेतना अभिबृद्धी गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा लागू औषध नियन्त्रण महाअभियान २०८१/०८२ कार्यक्रम तथा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकबाट बाजागाजा, प्लेकार्ड सहित अन्दाजी १५०० जनाको सहभागितामा बृहत प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
२० चैत २०८१, बुधवार १८:२० बजे प्रकाशित