चिनी उद्योग संचालन गर्न उद्योगीहरुलाई मन्त्री यादवको आग्रह

4.58K
shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह गरेका छन्। मन्त्री यादवले चिनी उद्योग संचालनका लागि चिनी व्यवसायीहरुसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भन्दै चिनी उद्योगीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे।

चिनी उद्योगीहरुले घाटामा जानु परेको भन्दै पूर्वका चिनी उद्योगहरु बन्द गराएका छन्। चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरुले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप छ।

मन्त्री यादवले चिनी र उखुको मूल्य २ दिन भित्र तोक्ने तयारी भईरहेको पनि समितिलाई जानकारी दिए। उनले उद्योगीहरुकै सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीको आयातमा प्रतिबन्ध लगाएको पनि स्मरण गराए।


divya collage
unigloble collage