प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
वि.सं.२०७५ पुस १९ बिहीवार १०:५३
4.69K
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । पुस ११ गते सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले दिउँसो १२ बजेपछि सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्न लागेको अधिकारीले जानकारी दिए।
सरकारका काम प्रभावकारी बनाउन संसदमा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने पत्रको ड्राफ्ट तयार गरेका छन् । निकट स्रोतका अनुसार प्रधानमन्त्रीले आज वाइडबडी अनियमितता प्रकरणका बारेमा समेत धारणा राख्ने बुझिएको छ।



















