सरकार सुशासनका कुरा गरेर भ्रष्टाचारमा लिप्त छ : नेता सिंह

5.25K
shares

कैलाली। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार सुशासनका कुरा गरेर भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। शुक्रबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले सरकारले संसदीय समितिले प्रतिवेदन नै नबुझाइ संसदको अधिकार क्षेत्रलाई हस्तक्षेप हुने गरी छुट्टै समिति बनाएर सरकारले भ्रष्टाचारलाई पश्रय दिएको उनले आरोप लगाए।

वाइडबडी खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिको प्रतिवेदन सार्वजनिक हुनु पहिला नै सरकारले उच्चस्तरीय छानविन समिति गठन गरेको थियो। सरकारको नियत ठिक भएको भए संसदीय समितिले छानविन गर्नु पहिला नै समिति बनाउन सक्थ्यो भन्दै नेता सिंहले संसदीय समितिले छानविन गर्न सुरु गरेपछि सरकारले पनि छानविन समिति गठन गरेपछि सरकारको नियममाथि आशंका पैदा भएको बताए। उनले वर्तमान सरकार हरेक क्षेत्रमा असफल हुँदै गाएको आरोप समेत लगाए।

‘सरकारले शान्ति सुरक्षा कामय गर्न सकेको छैन, सुशासनका कुरा गरेपनि भ्रष्टाचार रोकिएको छैन,’ नेता सिंहले भने, ‘विदेश नीतिमा पनि सरकार असफल भएको छ। सत्तारुढ दलभित्रको किचलोले दुई तिहाइको सरकार भएपनि काम गर्न अलमलिएको छ। अहिले हामीहरु पनि संसदमा प्रभावकारी रुपमा प्रस्तुत भएपछि सरकार आत्तिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083