‘पार्टीको रबरस्ट्याम्पतुल्य निष्क्रिय राष्ट्रपतिलाई त्यत्रो भौतिक पूर्वाधार र भूमि किन चाहियो ?’

5.84K
shares

काठमाडौं । बडादशैंको टिका लगाइदिँदा आफ्नो हैसियत बिर्सिएको राष्ट्रपति कार्यालय दिनानुदिन विवादमा तानिँदै गएको छ । राष्ट्रपति महाराजा बन्न खोजेको आरोप पनि लाग्दै आएको छ ।

हुँदा हुँदा राष्ट्रपतिका लागि भौतिक पूर्वाधारको कमी भएपछि प्रहरी प्रतिष्ठानलाई काभ्रेपलाञ्चोकको पनौती सारेर त्यहीं दिने चर्चाले झनै राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आक्रोश बढेको छ । त्यसो त यो निर्णय सरकारको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले यसरी राष्ट्रपति कार्यालयलाई किन फराकिलो पार्नुपर्ने हो भन्ने कारण समेत खुलाएको छैन ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पूर्वतयारी बिना महाराजगन्जबाट पनौती सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्व प्रहरी अधिकारीले आपत्ति जनाएका छन् । अन्य क्षेत्रबाट पनि आक्रोश बढ्दो छ । वरिष्ठ राजनीतिक समालोचक खग्रेन्द्र संग्रौलाले त ओली सरकारको विवेकहीन निर्णय भनी टिप्पणी गरेका छन् ।

संग्रौलाले ट्वीटरमा लेखेका छन् –प्रहरी प्रतिष्ठानलाई पनौतीतिर लखेटेर राष्ट्रपति निवास विस्तार ? पार्टीको रबरस्ट्याम्पतुल्य निष्क्रिय राष्ट्रपतिलाई त्यत्रो भौतिक पूर्वाधार र भूमि किन चाहियो ? एकल क्रिडा मैदान बनाउन ?होटल खोल्न ? मौजापति सामन्त बन्न ? हैट् ओली राजको यो विवेकहीन र फजुलखर्ची विस्तारवाद ?

उक्त प्रहरी प्रतिष्ठानको आफ्नै इतिहास छ । यसले ७० वर्षभन्दा लामो इतिहास बोकेको छ । प्रहरी अधिकृतहरुले प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनमा दीर्घकालीन असर पर्ने बताइरहेका छन् । मन्त्रिपरिषद्ले गत भदौ २१ गते राष्ट्रपति भवन र निवास बिस्तारका लागि भन्दै प्रहरी एकेडेमी सार्ने निर्णय लिएको थियो । त्यसयता ओली सरकार र बढी भौतिक पूर्वाधारको इच्छा राख्ने राष्ट्रपति भण्डारीले आलोचना खेपिरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083