‘बाह्य शक्ति’ ले भाँड्यो राप्रपा एकता, पाहुना बोलाएर गरीयो कार्यक्रम रद्ध

Nepal Life Insurance Long Ad

काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राप्रपाका विभिन्न घटकबीच एकताका लागि आज सोमबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गर्ने तय भएको थियो । त्यसैअनुसार निमन्त्रणासमेत भएको थियो । तर, आइतबार एकाएक एकता प्रक्रिया नै अवरुद्ध हुन पुगेको छ ।

आखिर किन यसरी विवाद आयो त ? पशुपति शमसेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) का एक नेताले सोमबार बिहान भने,‘‘पुरातनवादी शक्तिले चलखेल गर्‍यो । त्यसैले एकता हुन सकेन । चुनाव चिन्हमा कुरा नमिलेको भन्ने कुरा बाहिरी हल्ला मात्रै हो ।’’ उनले पुरातनवादी शक्ति भनेर पूर्वराजातर्फ संकेत गरेपनि प्रष्ट कुरा भने गर्न चाहेनन् । पार्टी एकता हुन नसकेको बारेमा छलफल गर्न सोमबार सो पार्टीको बैठक बस्ने भएको छ ।

खासमा कमल थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) बीच मात्रै भएपनि एकता आजै घोषणा गर्ने तयारी भएको थियो । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) बीच पनि सहमति जुटेमा तीन वटै एक हुने तयारीमा भएपनि राणा र थापाबीच चुनाव चिन्हलाई लिएर विवाद भएको थियो ।

आइतबार बेलुका दुई अध्यक्षबीच काठमाडौंको एक होटलमा भएको वार्तामा चुनाव चिन्हका विषयमा कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् । राप्रपा (प्रजातान्त्रिक) का ती नेताका अनुसार प्रजातान्त्रिक पक्षले हलो चुनाव चिन्ह दाबी गरेको थियो भने राप्रपाले गाई हुनुपर्ने अडान राखेको थियो । ती दुवै चुनाव चिन्हलाई फ्रिज गरेर नयाँ चुनाव चिन्ह लिने र सत्तारुढ नेकपामा जस्तै दुवै जना अध्यक्ष हुने गरी पनि कुरा चलिरहेको थियो । तर, एक्कासी एकता नहुने अवस्था देखियो । ‘‘यसमा बाह्य भूमिका नै कारक छ,’’ उनले भने ।

कार्यक्रमका लागि आइतबार गरिएको निम्तो अहिले धमाधम रद्ध भएको अतिथिहरुलाई जानकारी गराइरहेको समेत जानकारी गराए । राप्रपाका अध्यक्ष थापाले हदैसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल नभएको आइतबार आफ्नो पार्टीको बैठकमा नेताहरुलाई जानकारी गराएको एक नेताले बताएका छन् ।

उनीहरुबीच संवैधानिक राजतन्त्र, चुनाव चिन्ह लगायतका विषयमा सहमति हुन नसकेको बाहिर बताइएको छ । तर, भित्रि कुरा भने बताइएको छैन । उता राप्रपाका अध्यक्ष थापाप्रति असन्तुष्टि जनाउँदै केही नेताले उनको राजीनामा समेत मागेका छन् । पार्टीका उपाध्यक्ष रहिसकेका दिलविकास राजभण्डारीसहित १८ जना केन्द्रीय नेताको छुट्टै भेलाले पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको आरोप लगाएका छन् । राप्रपा (प्रजातान्त्रिक) राजतन्त्र वा गणतन्त्र पक्षधर भन्ने कुरामा प्रष्ट नभइ एकतामा जान लागेको भनेर समेत उनीहरुले आपत्ति जनाएका छन्।

यसरी थापासँग असन्तुष्टि जनाउने नेतामा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशम्शेर राणा तथा केन्द्रीय सदस्यहरु कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वार लगायत रहेका छन् ।

राप्रपाका नेता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा सहमति भइसकेको विषयमाथि नयाँ नयाँ विषय थपिँदै जाँदा लगभग टुंगिसकेको राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा (राष्ट्रवादी) बीचको एकता प्रक्रियामा संशय पैदा भएको जनाएका छन् । उनले भनेका छन्, “स्पष्ट हुनुपर्ने हो– राप्रपाले राजसंस्था, हिन्दूराष्ट्र र चुनाव चिन्ह गाईमा कहिल्यै सम्झौता गर्दैन ।”


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...