देउवा विरुद्ध मोर्चाबन्दीमा रहेका नेताहरु नेतृ सुजाता निवासमा
वि.सं.२०७५ कात्तिक २६ सोमवार १२:३८
5.46K
shares
shares

काठमाडौं । सभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दीमा रहेका कांग्रेसका प्रभावशाली नेताहरु सोमबार (केहीबेर अघि) नेतृ सुजाता कोइरालाको निवासमा छलफलमा जुटेका छन् ।
मण्डिखाटारस्थित सुजाता निवासमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिँह, अर्जुननरसिँह केसी र डा. रामशरण महत सहभागी छन् । छलफल पार्टीको आगामी महासमिति बैठकका विषयमा केन्द्रित हुने स्रोतले जनाएको छ ।












