विश्व प्रकाशको प्रश्न– प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने १ कालाई अनुमति नचाहिने ?

२०७५ कात्तिक २६ सोमवार
1.3K
shares
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले प्रदेशलाई हेर्ने दृष्टिकोणमा समानता नभएको आरोप लगाएका छन् । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई अनुमति नलिई अमेरिका गएको र प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाले अमेरिका भ्रमणको अनुमति माग्दा पनि नपाएको भन्दै उनले यो यो न्याय, स्वतन्त्रता कि अराजकता भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा शर्माले लेखेका छन् ‘विदेश भ्रमणमा बसाउन खोजेको प्रणाली सही थियो । तर प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने १ का लाई अनुमति नचाहिने । यो न्याय, स्वतन्त्रता कि अराजकता ? संघीय संरचनामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु विदेश जानुअघि संघीय मन्त्रीपरिषद्बाट अनुमोदन हुनुपर्ने व्यस्था छ ।
यसअघि गत जेठमा अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुनका लागि प्रदेश दुई का मुख्यमन्त्री लालबाबु राउतलाई संघीय मन्त्रिपरिषद्ले रोकेको थियो । तर प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई भने अनुमति विना अमेरिका भ्रमणमा गएका कांग्रेस प्रवक्त विश्वप्रकाशको आरोप छ ।
उपचारको लागि बैंकक गएका राई सुटुक्क अमेरिका गएको र यस बारे समाचार लेख्दा अमेरिकामा पत्रकार कुटिएको समाचारहरु सार्वजनिक भएको थियो । तर प्रदेश नम्बर एक सरकारले भने मुख्यमन्त्रीको भ्रमण सुटुक्क नभएको स्पष्ट पारेको छ ।

२०७५ कात्तिक २६ सोमवार