नेपालको संविधान पुनर्लेखन गर्नुपर्छ : उपमहासचिव अस्लामी

6.54K
shares

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले वर्तमान सरकारप्रति आमनेपाली जनताले राखेको अपेक्षा धरासायी हुने हो कि भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेश समितिद्वारा मंगलवार बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपमहासचिव अस्लामीले दुईतिहाई बहुमतको सरकारबाट आमनेपाली जनताको जीवनस्तरमा आमूल परिवर्तनको अपेक्षा गरेकाले जनताको अपेक्षा पूरा गर्नेतर्फ सरकार दृढतापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सरकारका काम कारवाही सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको भन्दै उनले यो वा त्यो बहानामा सरकार विकास निर्माणको महान् अभियानबाट विचलित भए दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकारप्रति जनताको आशा र भरोसामा तुषारापात हुने विचार व्यक्त गरे । अबको दशक निर्माणको दशकको रुपमा लिनुपर्ने बताउँदै उनले सत्तापक्ष, प्रमुख प्रतिपक्षी दल लगायत सबै दलमा निर्माणवादी चिन्तनको विकास हुनुपर्ने आवश्यकता औल्याए ।

नयाँ प्रयोगको नाउमा पुरानै गल्ती दोहोर्याउँदै जानु खेदजनक रहेको भन्दै जनमुक्ति पार्टीका विदेश विभाग उपप्रमुख तथा जनमुक्ति एकेडेमीका उपप्रमुख समेत रहेका अस्लामीले निर्माणको अभियानमा आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताए । नेपालको संविधान २०७२ ले मुलुकको विविधता र विशिष्ठतालाई आत्मसाथ गर्न नसकेको भन्दै उनले संविधानको पुनर्लेखन गर्नुपर्नेमा जोड दिए ।


divya collage
unigloble collage