विकासको यो गतिले देश विकास हुँदैन : मन्त्री जम्मकट्टेल

Nepal Life Insurance Long Ad

हेटौँडा । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको विकास गतिले देशमा समृद्धि नआउने दाबी गरेका छन् । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्‍ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमद्धारा आयोजित सुरक्षित पत्रकारिताको लागि दण्डहिनताको अन्त्य विषयक अन्तरक्रिया कार्यक्रम जम्मकट्टेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले समृद्ध नेपालको नारा बोकेको सरकारले विकास गतिलाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिए। ‘यो मोडेलबाट देश विकास हुँदैन, सरकारले विकासको गति लिएन’ उनले भने । विकासको पैसा एकातिर मात्रै केन्द्रित हुनुपर्ने भन्दै मन्त्री जम्मकट्टेलले सबैभन्दा पहिला सरकारले सुरुङमार्ग बनाउनुपर्ने बताए। सुरुङमार्ग बनिसकेपछि मात्रै विकासको बाटो खुल्ने उनको भनाइ छ।

उनले प्रदेश सरकारले सञ्चारसम्बन्धी कानुन बनाइरहेको भन्दै कानुन बनिसकेपछि पत्रकारितामा भएको विकृत्ति अन्त गर्ने बताए। मन्त्री जम्मकट्टेलले आफूले पत्रकारको हकहितको लागि सिपाहीका रूपमा काम गर्दै आइरहेको भन्दै नेपालमा पत्रकारिता क्षेत्रमा धेरै विकृति रहेको स्पष्ट पारे। उनले पत्रकारहरुलाई स्वतन्त्र रही पेसागत हकहितको हिसाबले समान रूपमा काम गर्न आग्रह पनि गरे।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...