विकासको यो गतिले देश विकास हुँदैन : मन्त्री जम्मकट्टेल

5.92K
shares

हेटौँडा । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको विकास गतिले देशमा समृद्धि नआउने दाबी गरेका छन् । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्‍ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमद्धारा आयोजित सुरक्षित पत्रकारिताको लागि दण्डहिनताको अन्त्य विषयक अन्तरक्रिया कार्यक्रम जम्मकट्टेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले समृद्ध नेपालको नारा बोकेको सरकारले विकास गतिलाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिए। ‘यो मोडेलबाट देश विकास हुँदैन, सरकारले विकासको गति लिएन’ उनले भने । विकासको पैसा एकातिर मात्रै केन्द्रित हुनुपर्ने भन्दै मन्त्री जम्मकट्टेलले सबैभन्दा पहिला सरकारले सुरुङमार्ग बनाउनुपर्ने बताए। सुरुङमार्ग बनिसकेपछि मात्रै विकासको बाटो खुल्ने उनको भनाइ छ।

उनले प्रदेश सरकारले सञ्चारसम्बन्धी कानुन बनाइरहेको भन्दै कानुन बनिसकेपछि पत्रकारितामा भएको विकृत्ति अन्त गर्ने बताए। मन्त्री जम्मकट्टेलले आफूले पत्रकारको हकहितको लागि सिपाहीका रूपमा काम गर्दै आइरहेको भन्दै नेपालमा पत्रकारिता क्षेत्रमा धेरै विकृति रहेको स्पष्ट पारे। उनले पत्रकारहरुलाई स्वतन्त्र रही पेसागत हकहितको हिसाबले समान रूपमा काम गर्न आग्रह पनि गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083