अनुकूल विधान बनाउने रणनीतिमा काँग्रेसका दुबै समूह

वि.सं.२०७५ मंसिर १३ बिहीवार ११:१०
3.91K
shares
shares

काठमाडौं । संशोधित विधानको मस्यौदालाइर्रु आफूअनुकूल बनाउन अन्तिम रुप दिन कँँग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूह बुधबार दिनभर रणनीति बनाउन व्यस्त रहे । दुबै समूहले संशोधित विधानको मस्यौदामा प्रस्तुत हुने रणनीतिका बारेमा छलफल गरेको छ ।
संस्थापन पक्षका नेताहरु देउवा निवास बूढानीलकण्ठ र पौडेल पक्षधरका नेताहरु महामन्त्री डा। शशांक कोइरालाको टोखास्थित निवासमा भेला भएका थिए । संशाधित विधानको मस्यौदालाई अन्तिम रुप दिन बिहिबार काँग्रेस केन्द्रीय समिति बैठक बोलाइएको छ ।