प्रदेशको मातहतमा स्थानीय तह हुनुपर्छ : राज्यमन्त्री मण्डल

4.86K
shares

काठमाडौं। प्रदेश सरकारले अधिकार नपाएको गुनासो गरिरहेका बेला दुई नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले स्थानीय तहलाई प्रदेशको मातहतमा ल्याउनु पर्ने बताएका छन्। उनले प्रदेश सरकार केन्द्र र स्थानीय तहको चेपुवामा परेको भन्दै स्थानीय तहलाई प्रदेश मातहतमा नल्याएसम्म प्रदेश सरकारले राम्रोसँग काम गर्न नसक्ने दाबी पनि गरे।

डिसी नेपालसँग कुरा गर्दै राज्यमन्त्री मण्डलले कुनै पनि विकास निर्माणको काम गर्न स्थानीय तहका वडा अध्यक्षदेखि नगरप्रमुखसम्मको अनुमति लिनुपर्ने प्रावधानका कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको दाबी गरे। ‘प्रदेशलाई भन्दा स्थानीय तहलाई धेरै अधिकार छ,’ उनले भने, ‘प्रदेशभन्दा स्थानीय तह शक्तिशाली भएपछि प्रदेशले कसरी काम गर्न सक्छ।’

उनले केन्द्र सरकारको मातहतमा प्रदेश र प्रदेशको मातहतमा स्थानीय तह हुनुपर्ने बताए। केन्द्रले प्रदेशलाई चलाउने र प्रदेशले स्थानीय तहलाई चलाउँदा संघीयताको सही अभ्यास हुने राज्यमन्त्री मण्डलको तर्क छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083