भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र सुझाव सहित
वि.सं.२०७५ मंसिर २३ आइतवार १३:५०
6.45K
shares
shares

काठमाडौं । भ्रष्टाचार विरुद्ध नागरिक समाजका अगुवाहरुले भ्रष्टाचारविरुद्ध शून्य शहनशीलताको नीतिलाई सशक्त रुपमा कार्यन्वयन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यप्रसाद उपाध्ययासहितको सो समूहले आइतबार सिंहदरवारमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर ध्यानाकषर्ण पत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा मुलुकमा भ्रष्टाचार नियन्त्रणमा भएका प्रयास अपर्याप्त भएको भन्दै तत्काल आवश्यक कानुन बनाएर अघि बढ्न सुझाव दिइएको छ ।





























