काँग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की

4.5K
shares

काठमाडौँ । महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेपा रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की भएको छ । बैठकमा पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठहर्याउँदै आलोचना गरेका थिए ।

उनले सरकार , संसद् र पार्टी कमजोर बन्दा कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको उल्लेख गर्दै समग्र पक्षको ‘पोस्टमार्टम’ गर्नुपर्ने बताएका थिए । लगत्तै सभापति देउवा पौडेलप्रति खनिएको समाचारमा उल्लेख छ । काँग्रेस महासमिति बैठक शनिबारदेखि सुरु हुँदैछ ।