‘लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ’ : डा. शेखर कोइराला
वि.सं.२०७५ पुस १७ मंगलवार १२:४०
6.34K
shares
shares

काठमाडौँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताएका छन ।
नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरेका थिए । उनले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको धारणा पनि राखेका थिए ।
“नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उनले बताए। धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको उनले स्पष्ट पारे।रासस




























