वाइड बडी प्रकरणः कांग्रेस सभापति शेरबहादुर देउवासामू तेर्सिएका केही ज्वलन्त प्रश्नहरू

7.42K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य (तत्कालीन नेकपा एकालेको पर्यटन प्रवर्द्धन विभागका प्रमुख) सूर्य थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू तेर्सिएका प्रश्नहरू सार्वजनिक गरेका छन । संसदको रोष्ट्रममा उभिएर आफैँले छानविनको माग गरेका देउवाले अहिले छानविन आयोग भ्रष्टाचार ढाकछोपका लागि भएको भन्दै सार्वजनिक रूपमै आशंका व्यक्त गरेका थिए । देउवाको त्यो आशंकापछि नेकपा नेता थापाले देउवासामू केही प्रश्न उठाएका छन ।

थापाले उठाएका प्रश्नहरू यस्ता छनः
१) संसदको रोष्ट्रमबाट वाइड बडी प्रकरणको छानविन गर्न यहाँले आफै माग गर्नुभयो, मन्त्री परिषदले न्यायिक छानविन आयोग गठन गरिसक्यो । अनि तपाईं नै भ्रष्ट्राचार ढाकछोप गर्न सरकारले आयोग बनाएको भाषण गर्न थाल्नुभयो, किन होला ?

२) तपाईले जीवनबहादुर शाहीलाई पर्यटन मन्त्रीबाट खानेपानी तथा सरसफाई मन्त्रीमा पठाएको झलझली सम्झिरहेको छु, किन थियो होला ? उहाँलाई पन्छाएर वाइडबडीको खास डिल गर्ने महोदय को थियो होला ?

३) अहिले तपाईकै पार्टीमा रहनुभएका तत्कालीन मन्त्रीहरूका पालामा वाइडबडी काण्डको खाल्डो खनिएको थियो । पछि त्यसमा को को हुस्सुहरू परे? को को पुरिन्छन् र उम्किन्छन ? हेर्दै जाऔंला, तर लहरो तान्दै जाँदा पहरो कतातिर गर्जिने छ ? बजारमा त व्यापक सनसनी छ। आफू काँक्रो खाएर बियाँ अरूको गालामा टाँस्ने प्रपञ्च गर्नतिर नलाग्ने हो कि ?

४) वाइडबडीको डिल गर्ने स्थानीय एजेन्ट को हो ? चिन्नुहुन्छ कि ? यहाँको ‘राणासँग के साइनो सम्बन्ध खासमा के रहेको छ ? जनताले ने खोजिदिनुपर्ने हो कि ?

५) हवाई माफियामा को को सक्रिय र चलायमान छन ? बोइङ् र एयरबसका यहाँ एजेन्ट को को छन् ? कुनकुन एयरलाइन्सका जहाज नेपालमा उडान भइरहेका छन् र तिनका जिएसए को को छन् र ती कसरी भएका थिए ? कुनकुन निजी हवाई कम्पनी रर व्यक्ति वाइडबडी ल्याउनै नदिएर नेपाल एयरलाइन्सलाई जहाजबिहीन बनाउँदै धरासायी पार्न उद्दत थिए र छन ? खासमा यसो गरेर मात्रै तिनले कल्पित मुनाफा आर्जन गरिरहन सक्छन भन्ने बुझेरै गरेका छैनन् र ?

६) सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा तथ्य तोडमरोड गरेर मुख्य जवाफदेही व्यक्तिहरूलाई ढाकछोप गर्ने तथा कम जवाफदेही वा बाध्य र निर्दोष व्यक्तिलाई डामेर बदनाम गर्ने चलखेलको मुख्य शिखण्डी खोजी गर्ने हो कि र ?

७) नेपाल एयरलाइन्सलाई माफीयामुक्त गरेर राष्ट्रिय ध्वजाबाहकका रूपमा संसारभर संचालन गर्न साच्चै तयार हुनुहुन्छ ?

८) यहाँलाई लाग्दैन – सुगत कंसाकारमाथि कानुनबमोजिम कारबाही चलाए पुग्छ ! अनि, किन यो बर्बर र असभ्य हर्कत त ?? उपसमितिले लेखासमितिमा प्रतिवेदन प्रस्तुत नगरी गैरजिम्मेवार ढंगले हल्लाखल्ला गरेको दुष्परिणाम यो होइन ? संयोजक राजेन्द्रकुमार केसीका गल्तीको जवाफदेही अन्ततः हुने को हो ?


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083