कांग्रेस नेता पाण्डेको उदघोष्ः ‘ओली नेतृत्वको सरकार सत्तापक्षकै कारण ढल्छ’

4.55K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापक्षले नै ढाल्ने दावी गरेका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले ओली सरकार आफ्नो पूर्ण कार्यकालसम्म टिक्न नसक्ने ठोकुवा समेत गरेका हुन् । अहिलेको सरकारसँग सत्तापक्षकै सांसदहरु रुष्ट रहेको भन्दै नेता पाण्डेले वहुमतको नाममा सरकारले मनपरी गरिरहेको बताए ।

उनले भने, ‘हामी प्रतिपक्ष दल मात्र होइन, सत्तापक्षहरु नै रुष्ट छन्, हामी प्रतिपक्षले नसके पनि सत्ता पक्ष आफैले सरकार ढाल्छन् । कतिपय अनियमिततामा सरकार आफै साक्षी बसेको नेता पाण्डेको आरोप छ । निर्मला हत्याकाण्डको दोषीलाई अहिलेसम्म कारवाही गर्न नसकेको भन्दै उनले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार चुकेको बताएका छन् ।

राष्ट्रियसभामा विपक्षी दलका नेतासमेत रहेका पाण्डेले डा.गोविन्द केसीसँग भएको सम्झौताअनुसार चिकित्सा विधेयक ल्याउनुपर्ने बताए ।