‘आन्दोलन गर्ने कांग्रेसको सोच नै गलत’ : नेता नेपाल

5.34K
shares

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनको बाटो नरोज्न प्रमुख विपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक विधि र प्रक्रिया पुर्‍याएरै आएको बताउँदै उनले भने, ‘देश निर्माणमा जुट्नुपर्ने बेला आन्दोलन गर्ने कांग्रेसको सोच नै गलत हो, म कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गर्दछु ।’

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले प्रतिपक्षलाई पन्छाउने सरकार र नेकपाको कुनै सोच नरहेको बताए । उनले भने, ‘विधी अनुसार अघि बढ्दा संसदमा अवरोध गर्न भएन, चित्त नबुझे फेरि पनि छलफल र वार्ताबाट सम्झौता गरेर अघि बढ्न सकिन्छ, हामी प्रतिपक्षलाई पन्छाउन चाहँदैनौं ।’

उनले चिकित्सा शिक्षा विधेयक परिमार्जनका लागि अनसनमा बसेका डा. गोविन्द केसीलाई विधिको पालना गर्न आग्रह गरे । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक आएको बताए ।

पार्टीको धारणा नै मेरो धारणा हो भन्दै उनले भने, ‘ सम्झौताको शत प्रतिशत कुरा नआएको होला तर, मर्म र भावना सबै समेटिएको छ । शत प्रतिशत हुने नहुने कुरा त संसदको पनि आफ्नै सार्वभौम अधिकारको कुरा हो ।’

विधेयकले चिकित्सा शिक्षाको गुणात्मक सुधार ल्याउने भन्दै उनले यसका लागि डा।केसीलाई धन्यवाद दिनुपर्ने बताए । साथै राजनीतिक विषयलाई नजोड्न र विधेयक कार्यान्वयनको नेतृत्व गर्न आग्रह गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083