संसदमा सांसद लिङ्देनद्धारा अनशन बस्ने चेतावनी
वि.सं.२०७५ माघ २५ शुक्रवार १३:५८
shares

काठमाडौँ । सांसद राजेन्द्र लिङ्देनले अनशन बस्ने चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लिङ्देनले आफ्नो क्षेत्रको जनतालाई न्यान हुँदैन भने अनशन बस्न तयार रहेको बताएका छन् । संसदमा आफू एक्लो भएकै कारण आफ्नो क्षेत्रलाई उपेक्षा गर्ने, दुःख दिने जस्ता क्रियाकलापहरु सैह्या नहुने बताएका थिए ।
उनले आफ्नो क्षेत्रमा बजेट नगएको र विगतका सरकारले तय गरेको योजनाहरु लथालिंग छोड्दा अप्ठेरो परेको बताएका थिए। उनले चाँडै योजनाहरु सूचारु गर्न माग राखेका छन्।
सांसद लिम्बूले १० लाखको योजना मागेको ठाउँमा एक करोड १० लाख बजेट पठाएको बताए। उनले भने, ‘तराई मधेश समृद्धि अन्तर्गत मेरो निर्वाचन क्षेत्रको गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रादयले सिलिङ पठायो। कार्यक्रम माग्यो। गाउँपरिपषद्ले योजना छनौट गरेर पठायो। मन्त्रालयले प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम जहाँ १० लाख माग गरिएको थियो।
१ करोड १० लाख पठायो। हामीले यस्तो किन भयो भनेर मन्त्रीलाई सोध्यौं। गाउँपालिकाले निर्णय स्मरण गरायो। मन्त्रीले हेर्छु भन्नुभयो। अहिलेसम्म किन हेर्नु भएन ? बुझदाखेरी कार्यकर्ताको सिफारिसको आधारमा आयोजना सिफरिस भएको रहेछ। मन्त्रीलाई भन्न चाहन्छु त्यत्रो पैसा खर्च गर्ने ठाउँ नै छैन। त्यस्तो योजना किन छनौट गरियो ?






























