एकता प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित रहेर नेकपाको बैठक आज बस्दै

4.37K
shares

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक आज सोमबार लाई बोलाइएको छ। बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको एकता प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएर छलफल गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा पार्टी एकताको खाका तयार पार्न गठन गरिएको कार्यदलले बुझाएको प्रतिबेदनका विषयमा छलफल गरिने कार्ययोजना रहेको पनि श्रेष्ठले बताए। कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गरिसकेपछि एकताको काम पार्टी अध्यक्षद्वयलाई जिम्मेवारी दिने वा कार्यदलको समय सीमा थप्ने भन्ने निर्णय आजको बैठकले गर्न सक्ने बताए।

एकता प्रक्रिया टुंग्याउन गठन गरिएको कार्यदलले निर्धारित समयमा सबै काम गर्न नसक्दा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफललाई तीब्र पारेका छन् । आइतबार पनि अध्यक्षद्वयले कार्यदलका संयोजक रामबहादुर थापा, पार्टी महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए। गत जेठ ३ गते पार्टी एकता गरी ३ महिनाभित्र तल्लोतह सम्मको एकता प्रक्रिया टुंग्याउने दाबी गरेको नेकपाले प्रदेशको नेतृत्व चयनदेखि बाँकी काम गर्न सकेको छैन्।

नेकपाका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग,लेखापरीक्षण आयोग, सल्लाहकार परिषद लगायतको एकता प्रक्रिया टुंग्याउन सकेको छैन्।
त्यस्तै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काममा पनि नेकपाले निर्णय लिन सकेको छैन् । त्यस्तै जनवर्गीय संगठन, केन्द्रदेखि स्थानीय तहसम्मै बाँकी छ भने प्रवास क्षेत्रको एकीकरण पनि हुन सकेको छैन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083