मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर सम्पर्कविहीन
वि.सं.२०७५ फागुन १५ बुधवार १४:३९
4.56K
shares
shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको छ। ताप्लेजुङ जाँदै गरेको एयर डाइनाइनास्टी हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको हो।
गृहसचिव प्रेमकुमार राईले हेलिकप्टर सम्पर्कविहीन भएकोबारे राज्यव्यवस्था समितिको बैठकमा जानकारी गराएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।































