मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना : यी ६ जना थिए सवार

4.73K
shares

काठमाडौं। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनास्थल तर्फ उद्धारका लागि प्रहरी टोली हिंडेको छ।

ताप्लेजुङको पाथिभरा नजिक ठूलो आवाजसहित आगो बलेको सूचना स्थानीयले दिएपछि आफूहरु उद्धारका लागि दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताएका छन्। एयर डाइनेस्टीको हेलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार भएको जनाइएको छ।

 

हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत रहेका थिए भने हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए। हेलिकोप्टर काठमाडौंबाट मंगलबार बिहान साढे ८ बजे उडेको थियो।