हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सात जनाको मृत्यु भएको पुष्टि
वि.सं.२०७५ फागुन १५ बुधवार १५:२७
shares

ताप्लेजुङ। ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको मृत्यु भएको छ।
ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो। संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सात जनाकै निधन भएको हो।
‘घटनास्थलमा सबै सात जनाको शव भेटिएको छ’, उनले भने, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’ क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारी सहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडा स्थित निर्माणाधीन एयरपोर्ट अवलोकन पछि ताप्लेजुङतर्फ लागेको थियो।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए।
मन्त्री अधिकारी सहितको टोली तेह्रथुमको चुहानडाँडा स्थित विमानस्थल अवलकोन सके पछि ताप्लेजुङ पुगेका थिए।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

















