वर्तमान शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्न सकेन : मन्त्री ‘बिष्ट’

4.88K
shares

बुटवल। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वर्तमान शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्न नसकेकोले शिक्षा नीति बदल्नु पर्नेमा जोड दिएका छन।

महेन्द्र आदर्श माविको हिरक महोत्सव उद्घाटन गर्दै मन्त्री बिष्टले भने, ‘सरकारले रोजगारी खोल्यो। देशका सात सय ५३ तहका लागि माग भएको रोजागार संयोजकका लागि आव्हान गरियो, त्यति मान्छे पाउन गाह्रो छ।’ उनले अहिले सम्मको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउँदै शिक्षा नीति पनि बदल्नुपर्ने बताए।

उनले महायज्ञमा सबै भन्दा ठूलो धनराशी सहयोग गर्ने भुवन केसीको प्रशंसा समेत गरेका थिए। दानविर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मुसिकोट नगरपालिका वडा नं ७ निवासी भुवन केसिले ५५ लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए।

कार्यक्रममा प्रदेश सांसद तथा बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठ, प्रदेश सांसद खड्ग केसी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, विभिन्न गाउँपालिका प्रमुख उपप्रमुख लगायतको उपस्थिति रहेको थियो।