प्रत्यक्षदर्शीले भने– ७ जनाको शव निकाल्यौं, हेलिकप्टर खरानी
वि.सं.२०७५ फागुन १५ बुधवार १६:०४
4.84K
shares
shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ। घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० सिस्नेमा पर्छ।
प्रत्यक्षदर्शी जगत कार्कीले बताएअनुसार हेलिकप्टर सिस्ने भीरमा ठोक्किएर खसेको हो। दुर्घटनास्थलबाट ७ जनाको शव निकालिएको कार्कीले बताए। ‘सात जनाको शव निकालेका छौं। शव चिन्न नसकिने अवस्थामा छ। आर्मीको एउटा जुत्ता पनि भेटिएको छ।

















