‘सरकार जनताको बलिदानीबाट प्राप्त उपलब्धि समाप्त गर्न लागेको छ’ : नेता सिंह

6.41K
shares

झापा। कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकार नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि समाप्त गर्न उद्दत भएको आरोप लगाएका छन्। प्रेस युनियन झापाले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने बहानामा सरकारले जनताको बलिदानीबाट प्राप्त उपलब्धि समाप्त गर्न लागेको आरोप लगाएका हुन्।

उनले सरकारले सदनमा प्रस्तुत गरेका ऐन कानुन निर्माणकालागि प्रस्तुत विधेयकमा राखिएका प्रावधान हेर्दा सरकार नियत प्रष्ट हुँदै गएको बताएका हुन्। सेना परिचालन, प्रेस र सामाजिक संजाल तथा विप्लव समूहमाथिको प्रतिवन्धलाई उनले उदाहारणका रुपमा प्रस्तु गरे। दुई तिहाईको सरकारको पहिलो कुदृष्टि प्रेसमा परिरहेको कुराप्रति सजक हुन प्रेस जगतलाई आग्रह गरे।

उनले प्राप्त उबलब्धि माथि खतरा उत्पन्न हुँदा त्यसको पहिलो निसाना प्रेसमाथि नै पर्ने भएकाले जिम्मेवार बन्न आग्रह गरे। सरकारले राम्रो काम गरो्स भन्ने आफूहरुको चाहना रहेपनि सरकार अनावश्यक कुरामा अल्झिएकाले जनचाहाना अनुरुप कुनैपनि काम हुन नसकेको जनाए। सरकारबाट कुनै नयाँ अपेक्षा गर्न नसकिने उनको भनाइ थियो।

उनले मुलुकभित्रका असन्तुष्टिका राजनीतिक आवाजको समाधान दमनबाट नभइ वार्ता र छलफलबाटै गरिनु पर्नेमा उनले जोड दिए। कांग्रेसले सुरु गरेको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न छाडेर सरकारले फेरि अर्को द्वन्द्वको अवस्था सृजना गरेको आरोप लगाउँदै उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गरे।

फरक प्रसंगमा बोल्दै नेता सिंहले कांग्रेसलाई बलियो र सशक्त पार्टी बनाउन देश भरका नेता कार्यकर्तासँग राय सुझावका लागि आफू जिल्ला–जिल्लामा पुगिरहेको बताए। पार्टी विधिसम्मत तरिकाले चल्न नसकेकाले केन्द्रदेखि कमिटीका सबै नेता कार्यकर्ता विधानको परिधिभित्र बसेर बिधिसम्वत निर्णय प्रक्रियामा जानुपर्छ भन्नेमा आफ्नो जोड रहेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083